नौविसे नागढुङ्गा सडक खण्ड पहिरोले अबरुद्ध

धादिङ । अविरल वर्षाका कारणसँगै गएको पहिरोका कारण राजधानी प्रवेश गर्ने मुख्य नाका त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्ड अबरुद्ध भएको छ ।

विहान सो सडक खण्डको चिसापानी भन्ने स्थानमा पहिरा खसेपछी सडक अबरुद्ध भई दुबैतर्फ सवारी आवागमन ठप्प भएको छ ।

frontline

सडक खुलाउने प्रयास भई रहेको भए पनी पहिरो ठुलो नै भएकाले गर्दा तिनदेखी चार घण्टा लाग्न सक्ने अनुमान सडक विभागको छ । अहिले नागढुङ्गा प्रहरी र सडक विभागको सहभागीतामा सडक खुलाउन पहिरो पन्छाउने काम भई रहेको छ ।

सडक अबरुद्ध भएाकले गर्दा राजधानी प्रवेशका लागी तराईलगाएत देशका विभिन्न भागबाट र नागढुङ्गा नाका हुँदै राजधानी प्रवेशका लागी आउने सयौं सवारी जाममा परेको छ ।

राजधानीबाट बाहिरिने सवारीको लाम पनी थानकोटसम्म पुगिसकेको छ । सोही स्थानमा हिजो पनी पहिरो खसेपछि दिनभरीजसो सवारी जाममा परेको थियो ।-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here