नेविसंघ र अखिल क्रान्तिकारीले गरे लुम्बिनी बाणिज्य क्याम्पस तोडफोड

मंगलबार, बुटवल । नेविसंघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन्।

आज बिहान मोटरसाइकलमा आएका नेविसंघ र अखिलका नेता/कार्यकर्ताले क्याम्पस तोडफोड गरेका छन्।

frontline

नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ।

उनीहरूले लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड गरेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले जानकारी दिए।

नेविसंघ र अखिल क्रान्तिकारीले कम्प्युटर, कुर्सी र महत्वपूर्ण कागजातहरूसमेत भुइँमा फालिदिएका छन्।

गत साउन ८ मा अनेरास्ववियुबाहेक अन्य चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेका थिए।

नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिइरहेका छन्।

विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बिबिएस र एमबिएसका पठनपाठन चलाउन र एमबिए, बिबिए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गरेका छन्।

क्याम्पसमा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here