नेप्से ६.४१ अंकले बढ्यो, आधा अर्बको कारोबार

१२ असोज, काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेको छ ।

गत कारोबार दिन मंगलबार १५ अंकले बढेको नेप्से परिसूचक आज ०.३५ प्रतिशतले बढेर १८३७.४६ को बिन्दुमा पुगेको छ ।

frontline

आज २२१ कम्पनीका ११ हजार ९२७  कारोबारमा ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँको १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतल बढेर ३५९.४६ को बिन्दुमा पुगेको छ । यस्तै, १३ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको समूहगत सूचक बढेको छ भने ४ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज माइक्रोफाइनान्स समूहको समूहगत परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले बढको छ । अन्य समूहको ०.२३ र ट्रेडिङ उपसमूह ०.२४ प्रतिशतले घटेको छ ।

आज मन्दाकिनी हाइड्रोपवर लिमिटेडको सेयर ९.२० प्रतिशतले बढेको छ । दोस्रो स्थानमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको सेयर ८.१९ प्रतिशत बढेर बन्द भएको छ ।

यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १, १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here