नेप्से १.०८ अंकले घट्यो

१६ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।

बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

frontline

बिहीबार बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ ।

यसबाहेकका उपसमूहका लगानीकर्ताले भने आज कमाउन सफल भए । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रो, माहुली लघुवित्त, सप्तकोशी विकास बैंकसहितका कम्पनीको मूल्य बढेको छ ।

राप्ती हाइड्रो सबैभन्दा बढी ४.३८ प्रतिशतले घटेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here