नेप्से परिसूचक स्थिर, कारोबार रकममा भने कमी

२७ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.५७ अंक घटेर बन्द भएको छ । नेप्से परिसूचक स्थिर रहेपनि कारोबार रकममा भने कमी आएको छ । सोमबारको तुलनामा सेयर कारोबार रकम ५८ करोड ८९ लाख रुपैयाँले कमी आएको हो ।

आज २४८ धितोपत्रको २० लाख ५८ हजार ५१० कित्ता ७७ करोड ७० लाख रुपैयाँमा खरिद भएको छ । सोमबार एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य गत कारोबार दिनको तुलनामा २०५ रुपैयाँ ४० पैसा वृद्धि भएको छ ।

frontline

सर्वाधिक रुपैयाँको सेयर कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यो कम्पनीको सात करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयरमूल्य ८०७ रुपैयाँ १० पैसा कायम भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चारवटा समूहको परिसूचक वृद्धि भएको छ । आज म्युचुअल फन्ड, जलविद्युत्, निर्जीवन बिमा र वित्त समूहको परिसूचक वृद्धि भएको हो । बाँकी सबै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here