नेप्सेले सेयरधनीलाई नगद लाभांशका रूपमा वितरण गर्ने

७ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरधनीलाई चुक्तापुँजी एक अर्बको १०० प्रतिशतले हुन आउने रकम नगद लाभांशका रूपमा वितरण गर्ने भएको छ ।

बुधबार भएको नेप्से सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई १०० प्रतिशतका दरले लाभांश दिने प्रस्ताव गरिएको हो ।

frontline

नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकसहित निजी क्षेत्रका कम्पनीको ४१.३४ प्रतिशत सेयर छ ।

यस्तै, ४१औँ वार्षिक साधारणसभा यही पुस २९ गते गर्ने निर्णय पनि गरिएको छ । सभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने, आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र नेप्सेको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here