नेप्सेमा ११.४६ अंकको ओरालो

२६ भदौ, काठमाडौं । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ११.४६ अंकले ओरालो लागेको छ।

सेन्सेटिभ इन्डेक्स २.१० अंकले घटेर ३७४.७३ विन्दुमा झरेको छ।

frontline

यसदिन २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँमा कारोबार भयो। २० हजार १२४ पटक कारोबार भयो । आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन।

कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्षस्थानमा रह‍यो । सो कम्पनीको ३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये १२को सूचक घट्यो भने १ को मात्रै बढ्यो। पाँच कम्पनीको १ प्रतिशत बढीले सूचक ओरालो लाग्यो। 

आज अदर्श समूहको मात्रै ०.२९ प्रतिशतले सूचक बढ्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here