नेप्सेमा सकारात्मक सर्किट, बाँकी समयको कारोबार बन्द
२८ मंसिर, काठमाडौं । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि आज बाँकी समयको कारोबार बन्द गरिएको छ ।
यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात १२ः३८ मा नेप्सेको सूचक ११४दशमलव २५ अङ्क अर्थात पाँच दशमलव ०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।
कारोबार बन्द भएको ४० मिनेपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्ने वित्तिकै निरन्तर बढेर छ दशमल ०१ प्रतिशतले नेप्से बढेकाले आजको कारोबार बन्द भएको नेप्सेले जनाएको छ ।
नेप्सेले कारोबार अवधिभर छ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ ।
कारोबार खुलेको पहिलो घण्टाभित्रै चार प्रतिशत र दोस्रो घण्टाभित्र पाँच प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ ।
त्यसपछि पनि छ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्