नेप्सेमा दोहोरो अंकको गिरावट, ९९ करोडमा खुम्चियो कारोबार

३० जेठ, काठमाडौं । सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

यसदिन नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा बन्द भएको हो । 

frontline

नेप्से दोहोरो अंकले ओरालो लागेपछि कारोबार रकम ९९ करोडमा खुम्चिएको छ ।

आज २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खरिदबिक्री भयो ।

सेन्सेटिभ इण्डेक्स २.२७ अंकले घटेर ३८९.९८ विन्दुमा अडिएको छ ।

दोहोरोले अंकले  घटेको सेयर बजारमा २ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट ब्रेक लाग्यो। बलेफी हाइड्रो पावर र  ग्रीन भेन्चरको सेयर मूल्य १० प्रतिशत हारीहारीले बढ्यो ।

यसदिन चार कम्पनीको सेयर मूल्य ५ प्रतिशत बढीले घट्यो ।

कारोबार रकमका आधारमा यसदिन सानिमा बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ९ करोड १  लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भयो ।

कारोबारमा आएका सबै समूहको सूचक ओरालो लाग्यो ।

आज ६ कम्पनीको मूल्य १ प्रतिशत बढीले र ७ कम्पनीको ०.९२ प्रतिशतले घट्यो ।

सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु निरुत्साहित भएका छन्। ठूलो रकम गुमाउनु पर्दा लगानीकर्ताहरु आन्दोलित भएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here