नेप्सेमा दोहोरो अंकको गिरावट

२५ माघ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेर २८ सय ५१ विन्दुमा अडिएको बजारमा आज पुनः १६ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ अंकमा ओर्लिएको छ ।

frontline

यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्दै ५३२.४९ अंकमा सीमित भएको छ । 

यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड उपसमूह धनात्मक भएका छन् भने, बाँकी अन्य उपसमूह ऋणात्मक भएका छन् । 

१६ अंक माथिले घटेको बजारमा आज ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जबकि अघिल्लो दिन १५ अंकले घटेको बजारमा ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here