नेप्सेमा उच्च बिन्दू ,नयाँ रेकर्ड कायम

 काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।

कारोबार खुल्ने बित्तिक्कै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो ।

frontline

यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अंकमा पुगेको थियो ।

त्यसपछिका एक महिना १५२ अंकले घटेको बजारमा आइतबारदेखि तीव्र सुधार देखिएको छ ।

आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेको थियो ।

सोमबारको कारोबारमा नयाँ रेकर्ड कायम हुँदा बजारमा ५० करोड बढीको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here