नेप्सेमा आज दोहोरो अंकको सुधार

११ असोज, काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

गत कारोबार दिन आइतबार २३ अंकले घटेको नेप्से सोमबार सार्वजनिक विदाको कारण बन्द भएको थियो । आज १५.९२ अंकले बढेको छ । ०.८८ प्रतिशतले बढेर आज नेप्से १८३१.०५ को बिन्दुमा पुगेको छ ।

frontline

आज २२९ कम्पनीका १६ हजार ८२३ कारोबारमा ६६ करोड ३० लाख १३ हजार रुपैयाँको २१ लाख ७ हजार ७४२ कित्ता सेयर किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतल बढेर ३५८.१४ को बिन्दुमा पुगेको छ । यस्तै, १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको समूहगत सूचक बढेको छ भने २ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज विकास बैक समूहको समूहगत परिसूचक सर्वाधिक १.६२ प्रतिशतले बढको छ । होटेल तथा पर्यटन उपसमूहको ०.८२ र म्युच्युअल फन्ड उपसमूह ०.४७ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर ९.९७ प्रतिशतले बढेको छ । दोस्रो स्थानमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको सेयर ६.०७ प्रतिशत बढेर बन्द भएको छ ।

यस्तै, आज गरिमा डिबेन्चरको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here