नेपाल स्वयं सेवक संघको निजगढ नगरपालिकामा नगर कमिटी गठन


मेवालाल यादव

बारा ६ असोज
बारा जिल्लाको निजगढ नगरपालिकामा शनिवार नेपाल स्वयं सेवक संघको नगर कमिटी गठन भएको छ !
मधेश प्रदेशको विभिन्न जिल्लामा नेपाल स्वयं सेवक संघको संगठन विस्तार गर्ने क्रममा निजगढ नगरपालिकामा नगर कमिटी गठन गरिएको हो !
मधेश प्रदेशको फोकल पर्सन पूजा पाठकको प्रमुख आतिथ्यमा संपन्न भएको नगर भेलाबाट कृति लम्सालको अध्यक्षतामा ११ सदस्य नगर कमिटी गठन गरिएको बारा जिल्ला फोकल पर्सन लक्ष्मी चौलागाईले जानकारी दिएका छन !
नव गठित नगर कमिटीको उपाध्यक्षमा भीम बहादुर बुढाथोकी सचिवमा अजय कुमर , सह सचिव सोभा परियार , कोषाध्यक्ष पूनम कार्की , सदस्यमा बर्तौला , डोलमा श्रेष्ठ ,सविता दहाल उप्रेती , सुभद्रा सिलबाल , लक्ष्मी भण्डारी , सपना शर्मा सर्व सहमति बाट चयन गरिएको छ !
लक्ष्मी चौलागाईको अध्यक्षतामा संपन्न भएको नगर भेला नेपाली कांग्रेस नगर सभापति नवराज तिमल्सिना , नेपाल साइक्लिंग संघका बारा जिल्ला सचिव नाविल लम्साल , महिला आवाजको जिल्ला अध्यक्ष सावित्री बराल तिमिल्सिना सहितका सहभागिता रहेको थियो !
नव गठित नगर कमिटीको शुभकामना दिदै मधेश प्रदेश फोकल पर्सन पूजा तिमिल्सिनाले नेपाल स्वयं सेवक संघ सामाजिक सस्था रहेको र समाजमा रहेको विसंगति विकृतिलाइ हटाउने कार्यमा सक्रीय भएर लाग्नु पर्ने सुझाव दिए ! उहाले संगठन बलियो भएमा सवै बलियो हुने भन्दै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे !

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here