नेपाल स्वयं सेवक संघको गुजरा नगरपालिकामा नगर कमिटी गठन


मेवालाल यादव , रौतहट

रौतहट जिल्लाको गुजरा नगरपालिकामा शुक्रबार नेपाल स्वयं सेवक संघ मधेस प्रदेशको गुजरा नगर कमिटी गठन भएको छ !
मधेश प्रदेशको विभिन्न जिल्लामा नेपाल स्वयं सेवक संघको संगठन विस्तार गर्ने क्रममा गुजरा नगरपालिकामा नगर कमिटी गठन गरिएको हो !
मधेश प्रदेशको फोकल पर्सन पूजा पाठकको अध्यक्षतामा ११ सदस्य नगर कमिटी गठन गरिएको छ । गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीको प्रमुख अतिथिमा नेपाल स्वयं सेवक संघको ११ सदस्य नगर कमिटी गठन सम्पन्न भएको छ ।

frontline

नेपाल स्वयंसेवक संघलाई विस्तारै विस्तारै जिल्लाकै हरेक नगरपालिकामा नगर कमिटी गठन गर्ने मधेश प्रदेशको फोकल पर्सन पूजा पाठकले जानकारी दिनुभयो।
नेपाल स्वयंसेवक संघको नामले समाजमा उदाएको संस्थाका परिकल्पनाकार श्री खेमराज पौडेल हुनुहुन्छ । खासगरी देशमा रहेका बेरोजगार युवा, शिक्षित तर पहिचान गर्न नसकिएका दक्ष जनशक्तिलाई एकिकृत् गरी उनीहरू भित्र रहेका सम्भावित क्षमताको उजागर गर्नु गराउनु यो संस्थाको मूख्य उद्धेश्य हो।
माजमा रहने हरेक तह र तप्काका मानव् स्रोत हरूको व्यक्तिगत विकास र उनीहरूको क्षमतालाई प्रत्यक्ष आफ्नै समुदायमा लगानी गर्न सकिने आधारको खोजी पनि यो संस्थाको मूल् मर्म हो। यसको स्थापना विसं २०७६ सालमा भएको हो।
नेपाल स्वयंसेवक संघ नामबाट नै प्रष्ट छ कि अाफ्नै देशकाे सेवा गर्ने स्थायी रूपमा, आर्थिक, शैक्षिक, सामाजिक, खेलकुद लगायत सम्पूर्ण पूर्वाधारकाे विकास गर्ने उद्देश्यले स्थापना भएकाे थोरै समयमा पनि यसले आफ्नो स्वरूप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्म विराट संरचना खडा गर्न सफल भएको छ। जिल्ला तथा प्रदेशमा अन्तर्क्रिया कार्यक्रम निरन्तर चलेका छन् र समाजलाई सकारात्मक सोच बढाउन प्रयासरत छाैँ जुन समाजमा लुकेको छैन।
हामी जाग्नकाे लागि एकजुट भई राष्ट्र हितकाे लागि नीति समाजपाेषित बनाउने, महान् बुद्धकाे सद्ज्ञान, विश्व गगनमा फैलाउने र पुन: नेपाली माटोका विषयमा स्वर्णीम भाग्य लेख्ने मसी बनाउने लक्ष्य लिएर हिँडेका छौँ । यति मात्र नभएर स्वर्गकाे टुक्रा ठानिने नेपालकाे सांस्कृतिक, प्राकृतिक सम्पदाहरूकाे तिव्र विकास गरी आर्थिक क्षेत्रमा समेत उच्च स्थान हासिल गर्ने, यसकाे लागि हामी सबै एकजुट हुँदै छाैँ र बाँकी सबै हुनुहुनेछ भन्ने आशा साथै भराेसा छ। हामी आफैं हाम्राे देश बनाउने छाैँ
यदि कुनै पनि व्यक्तिले नेपाल् स्वयम् सेवक संघमा आवद्ध हुन चाहेमा सामाजिक कार्यमा सकृय रहने तथा कुनै फौजादारी मुद्धा नलागेको र मगज नबिग्रेको कुनै पनि १८ वर्ष उमेर नाघेको ले यसमा सदस्य बनी समाजमा समाज विकासमा आफ्नो सहभागिता जनाउन सक्नेछन् भन्दै मधेश प्रदेशको फोकल पर्सन पूजा पाठकले सर्वसाधारणलाई यसमा आवद्ध हुन अनुरोध गर्नुभयो।

नव गठित नगर कमिटीको अध्यक्षमा जयराम चौधरी , उपाध्यक्षमा राकेश चौधरी, सचिव दिपक कुमार चौधरी, सह सचीव दिनेश पसवान , कोषाध्यक्ष अन्तिमा चौधरी , सदस्यमा चम्चा चौधरी , तेतरी देवि , नितु चौधरी, सीता चौधरी, दिपक चौधरी , दिनकर साह सर्व सहमति बाट चयन गरिएको छ !

जितिया पर्वमा महिलाहरुले आफ्ना सन्तानको मंगल कामना अर्थात् बच्चाको दीर्घायु र उसको रक्षाका लागि निर्जला व्रत बस्ने गर्छन् । विभिन्न संस्कृतिका मानिसले मनाउने जितिया पर्वको शुभकामना दिदै मधेश प्रदेश फोकल पर्सन पूजा तिमिल्सिनाले नेपाल स्वयं सेवक संघ सामाजिक सस्था रहेको र समाजमा रहेको विसंगति विकृतिलाइ हटाउने कार्यमा सक्रीय भएर लाग्नु पर्ने सुझाव दिए ! उहाले संगठन बलियो भएमा सवै बलियो हुने भन्दै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे !

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here