नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुँदै

३० कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार मैत्रीपूर्ण फुटबल हुँदैछ। दशरथ रंगशालामा बजे नेपालले पाकिस्तानसँग खेल्न लागेको हो।

यो नेपालको ५०औँ अन्तर्राष्ट्रिय खेल पनि हुनेछ। राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका रोहित चन्दले पाकिस्तानलाई जित्न शतप्रतिशत प्रयास गर्ने बताए।

frontline

पाकिस्तानले ३ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेको हो। पाकिस्तान पछिल्लोपटक सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबल खेलेयता फिफाको प्रतिबन्धमा परेको थियो।

पाकिस्तानी कप्तान हसन बसिरले पाकिस्तान एउटा दुःखद अवस्थाबाट गुज्रिएको भन्दै नेपालविरुद्ध पाकिस्तान टिम आफ्नो लय समाउने प्रयासमा हुने बताए।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेल भएको छ। पछिल्लोपटक नेपालले पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो। साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो।

पाकिस्तान बुधबार हुने खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। नेपाल पनि पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५० औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने प्रयासमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here