नेपाल र चीनबीच विभिन्न विषयको सम्झौता पत्रमा हस्ताक्षर
१३ चैत, काठमाडौं । नेपाल र चीनबीच विभिन्न विषयमा भएको सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सिंहदरवारमा आयोजित समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिको सभागितामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
परराष्ट्र स्रोतका अनुसार नेपाल र चीनबीच रेल सेवाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहयोग , नेपालबाट घाँस निर्यात, प्रसारण लाइनको सम्भाव्यता, आर्थिक तथा प्राविधिक सहयोग, खोप हस्तान्तरण सम्झौता र चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा काम गर्न पाउने लगायतका सम्झौतामा हस्ताक्षर भएको हो।
परराष्ट्र मन्त्रालयले सम्झौताबारे आधिकारिक जानकारी दिने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्