नेपाल तराई सिटि हस्पिटलमा ल्याब रिपोर्ट अनलाइन मार्फत, बिरामीले मोबाइलमै हेर्न पाउने

Exif_JPEG_420

मेवालाल यादव

frontline

रौतहट – नेपाल तराई सिटि हस्पिटल प्रा. लि.ले प्रयोगशाला परीक्षणको रिपोर्ट अनलाइन मार्फत उपलब्ध गराउन थालेको छ। अब बिरामीले प्रयोगशाला परीक्षण रिपोर्ट लिन अस्पतालमा पुगेर घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ। अस्पतालले अनलाइनबाटै बिरामीलाई प्रयोगशालाको रिपोर्ट उपलब्ध गराउन थालेको नेपाल तराई सिटि हस्पिटलका  संचालक डा. मधुरेन्द्र यादवले जानकारी दिए।

Exif_JPEG_420

 डा. यादवका अनुसार हस्पिटलमा उपचारका लागि पुग्ने बिरामीले प्रयोगशाला परीक्षणको रिपोर्ट अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन्। त्यसका लागि बिरामीले ल्याब परीक्षण शुल्क बुझाएको बील , कुन कुन औषधी चलेको ,कति पैसा तिरेको सोको बिलको डिटेल नेपाल तराई सिटि हस्पिटलको मोबाइल एपमा हेर्न पाउने भएको छ । बीलमा भएको युजर नेम र पासवर्ड राखेर लगइन गर्नुपर्नेछ।

Exif_JPEG_420

त्यसपछि खोलिएको पेजको माथिल्लो भागको बायाँ तर्फ रहेको सेलेक्ट स्याम्पल नम्बर अप्सनमा क्लिक गरेर बीलको मिति टाइप गरेपछि प्रयोगशालामा जाँच गराएको परीक्षणको रिपोर्ट , बिलको डिटेल , पैसा तिरेको डिटेल , औषधी चलेको डिटेल नेपाल तराई सिटि हस्पिटल मोबाइल एप मार्फत रिपोर्ट हेर्न सकिन्छ।

नेपाल तराई सिटि हस्पिटलमा ल्याब रिपोर्ट अनलाइन मार्फत, बिरामीले मोबाइलमै हेर्न पाउने

Exif_JPEG_420

यसैगरी, रौतहट जिल्लाको  यमुनामाई वडा .१ सुकदेव चौकको उत्तरतर्फ हाइवेमा रहेको नेपाल तराई सिटि हस्पिटल प्रा. लि. मा  प्रयोगशालासँग सम्बन्धित सबै रिपोर्टहरु अब अनलाइन मार्फत नै उपलब्ध गराउन थालिएको अस्पतालका डा. मधुरेन्द्र  यादवले जानकारी दिएका छन् । 

Exif_JPEG_420

नेपाल तराई सिटि हस्पिटल प्रा. लि. मा २४ सै घण्टा ईमर्जेन्सी सेवा उपलब्ध रहेको डा. यादवले बताए ।मोबाइलको पलेस्टोरमा गएर नेपाल तराई सिटि हस्पिटल सर्च गरि मोबाइल एप डाउनलोड गरेर बिरामीले आफ्नो फोन नम्बर वा पैसेन्ट  आइडी डालेर ल्याब रिपोर्ट, बिरामीले ल्याब परीक्षण शुल्क बुझाएको बील , र सो हस्पिटलमा डा.हरुको लिस्ट हेर्न पाउने सुबिधा भएको डा. यादवले बताएका छन् ।

Exif_JPEG_420

सो रिपोर्टका आधारमा बिरामीहरु चिकित्सकसँग परामर्श तथा उपचारका लागि सिधैं जान सक्नेछन्।

Exif_JPEG_420

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here