नेपाल–खनाल पक्षका सांसदद्वारा राजीनामाको तयारी, ओलीविरुद्ध जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी

UML Chairperson KP Sharma Oli (centre), former Prime Ministers Jhala Nath Khanal (left) and Madhav Kumar Nepal attending Standing Committee Meeting at Party’s office in Dhumbarahi, Kathmandu, on Sunday, February 11, 2018. Photo: RSS

फ्रन्टलाइन राजनीति । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकोले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका सांसदहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसदबाट विश्वासको मत लिने सम्भावना छ, त्यसअघि नै सकभर सबै, नभए ओलीलाई विश्वासको मत नपुग्ने र अरु दलको सरकार बनाउन सांसद संख्या पुग्नेगरी राजीनामा दिने एक नेताले बताएका छन् ।

frontline

सर्वोच्चको फैसला अनुसार ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरु योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको नेता भीम रावलको भनाइ छ । अध्यक्ष ओलीले माधव नेपालसहितका नेतालाई कारबाही गरिसक्नुभएको छ भने महाधिवेसनबाट निर्वाचित भएर आएका पदाधिकारी हटाइसक्नुभएको छ । माधव नेपाल समूहले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन माग गर्दै आएको छ ।

ओलीले कारबाही फिर्ता र पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन अस्वीकार गर्दै आउनुभएको छ । माधव नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ । अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये नेपाल–खनाल समूहका २० जनाले मात्रै राजीनामा दिएमा पनि २ सय ४७ सदस्य कायम रहनेछ । त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ ।

नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १ सय ९ सांसद छन् । जसपाका पनि धेरैजसो सांसदले कांग्रेस–माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here