नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

फाइल तस्बिर

२६ माघ, काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेका छन् ।

विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार दिउँसो ओमान प्रस्थान गरेका हुन् । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

frontline

खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ । समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।

नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ ।

नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् । छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here