नेपाली मुलका पवनदीप राजनले जिते ‘इन्डियन आइडल–१२’ को उपाधि

सोमबार, काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ को उपाधि नेपाली मुलका पवनदीप राजनले जितेका छन् ।

इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् ।

frontline

उनी उत्तरखण्ड भारतको चम्पावत जिल्लाका बासिन्दा हुन् । चम्पावतमा नेपाली भाषा बोल्नेको संख्या उल्लेख्य छ ।

पवनदीपले यसअघि भ्वइस अफ इण्डियाको उपाधि पनि जितिसकेका छन् । तर संगीत क्षेत्रमा अझै भनेजस्तो स्कूप नपाएकोले पुनः आइडलमा सहभागी बन्न आएको पवनदीपले पहिलो अडिसनमै भनेका थिए ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् ।

यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here