नेपाली कांग्रेस नगर कार्य समीतिले मनायो ९औसंविधान_दिवस

मेवालाल यादव

ईशनाथ नगरपालिकामा नेपाली कांग्रेस ले ईशनाथ महादेव मन्दिर आगाडी एक कार्यक्रम गरी ९ औ संविधान दिवस मनाईयो को छ। नेपाली काग्रेसको नगर सभापती शेख वकिलको अधयक्षता मा सम्पन्न सविधान दिवशमा नेपाली काग्रेसको नगर प्रमुख प्रत्याशी अन्जु झा प्रमुख अतिथि को रूपमा पाल्नु भएकि थिईन।
हामीलाई सविधान ले दिएको हक अधीकार लाई सुरक्षीत राख्न सॅविधान लाई सुरक्षीत राख्नू अती आवश्यक रहेको कार्यक्रममा उपश्थित प्रमुख अतिथि अन्जु झा ले बताईन।
हामीलाई खूलेर बोल्ने आ आफ्नो हक अधिकार सुनिश्चित गर्न गराऊन अधीकार यही सॅविधान ले दिएको र केही वाँकी रहेको अधिकार लाई पनी सॅविधान सॅसोधन गरी पाऊन सक्ने, बताउनुभयो।
अन्तरीम संविधान २०७२ नगर कार्य समीति ईशनाथ, नेपाली कांग्रेस मैनवती वाट अंकित गरी हर्षोल्लासकासाथ मनाईएको सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य मोहन प्रसाद माली, वडा न ४का वडा अध्यक्ष प्रत्याशी शेख अली ईमाम ,बिभीन्न वडाका कार्यकर्ता हरू को उपश्थित रहेको थियो। मन्तब्य कै क्रममा संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै सॅघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित समाजवाद निर्माणमा प्रेरणा मिलोस, सबै मा नवौं संबिधान दिवस काे शुभकामना व्यक्त गर्नुभयो।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here