नेपालीलाई विदेशमा लगानी गर्न दिइने

नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न अनुमति दिने भएको छ।
- बजेट भाषणमा २५ प्रतिशतसम्मको लगानी अनुमति र ५० प्रतिशत मुनाफा फिर्ता गर्ने बताइएको छ ।
- विदेशमा लगानी स्वीकृति लगानी बोर्डले गर्ने र हालसम्म प्रतिबन्ध रहेको व्यवस्था परिवर्तन भएको छ।
१५ जेठ, काठमाडौं । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ ।
नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् ।
‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,’ मन्त्री पौडेलले घोषणा गरे ।
विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले बताए । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्ने उनले बताए ।
हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ । हालै सरकाले अध्यादेशमार्फत आईटी कम्पनीहरुलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्