नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी

श्रोत : ईन्टरनेट

काठमाडौं । नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी भएको छ ।

दशरथ रंगशालामा आइतवार भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित भएको हो । भारतका लागि फारुक चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका हुन् । ६२औं मिनेटमा भारतका तर्फबाट फारुक चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए ।

frontline

त्यस्तै ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले एक गोल थपेर जित नजिक पुर्याए । तर त्यसको पाँच मिनेटपछि नेपालका लागि ८५ औं मिनेटमा तेज तामाङले सान्त्वना गोल गरे ।

यसअघि विहीवार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here