नेपालले बिनाकारण नोक्सान व्यहोर्नुपरेको भन्दै प्रधानमन्त्री चिन्तित

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन सुदूरको खतरा नभई आजको चुनौतीका रुपमा अगाडि आएको बताउनुभएको छ ।

आजदेखि काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जलवायु परिवर्तनबाट कुनैपनि समाज पूर्णरुपमा सुरक्षित नरहेको प्रम ओलीको भनाई छ । 

frontline

जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपालले नै सबैभन्दा बढी क्षति व्यहोरिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।  पृथ्वी, जनता र समृद्धिमा यसले ठूलो प्रभाव पार्नेतर्फ उहाँले सचेत पनि गराउनुभएको छ ।

‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि । कुनै पनि राष्ट्र यसबाट अछुतो छैन । कुनै पनि समाज पूर्ण सुरक्षित छैन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् । यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको भूमिका उल्लेख्य रहेको भएपनि नेपालले नै बढी जलवायु परिवर्तनका जोखिम भोगिरहेको भन्दै गुनासो पनि गर्नुभयो । 

 ‘हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here