नेपालले जित्यो साफ महिलाको उपाधि

२५ कात्तिक, ढाका । अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपालले साफ महिला यू-१५ च्याम्पियनसिपको उपाधि जितेको छ। शुक्रबार बीएसएसएस मोस्ताफा कमाल रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

पहिलो हाफमा १-० ले पछि परेको घरेलु टिम बंगलादेशले ५४औं मिनेटमा बराबरी गोल फर्काएको थियो। रुमा अक्तरले बंगलादेशका लागि बराबरी गोल फर्काएकी थिइन्।

frontline

निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमा बंगलादेशी टिम असफल बनेपछि नेपाल च्याम्पियन बन्यो। नेपाल, बंगलादेश र भुटानको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न भएको हो।

पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा बंगलादेशविरुद्ध १-० को जित निकालेको थियो। भुटानसँगको दोस्रो भेटमा १-० को जित निकालेको नेपाल आजको जितसँगै अपराजित रहँदै च्याम्पियन बनेको हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here