नेपालले आफूनिकट सदस्यहरूको बैठक बोलाए

मंगलबार, काठमाण्डु । नेकपा (एमाले) नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

नेता नेपालले पार्टी एकता र सरकारमा सहभागी हुने लगायतका बिषयमा केन्द्रिय सदस्यहरुको धारणा बुझ्ने बताइएको छ ।

frontline

बैठक आगामी रणनीति तय गर्न भोली बिहान ११ बजे बैठक बोलाइएको केन्द्रिय सदस्य दिलु पन्तले जानकारी दिइन् ।

सरकारमा सहभागी हुने की नहुने भन्नेबारे नेपाल पक्ष अलमलमा छ ।

सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै नेपाल समूहभित्रै पनि ठूलो समूहले उनीमाथि दबाब दिइरहेको छ ।

भने केही नेताहरुले एकताको ढोका बन्द हुने काम गर्न नहुने भन्दै सरकारमा सहभागी हुन नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here