नेपालमा ६२ प्रतिशत नागरिकले लगाए पूर्ण मात्रा खोप

२५ फागुन, काठमाडौं । नेपालमा ६२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको अद्यावधिक विवरणअनुसार देशभरि १ करोड ८१ लाख ५१ हजार ३६५ नागरिकले पूर्ण खोप लगाएका छन्।

अब १ करोड १० लाख ४१ हजार ११५ नागरिकलाई पूर्ण मात्रा खोप लगाउन बाँकी छ।

frontline

त्यस्तै २ करोड १७ लाख ३ हजार ४८९ अर्थात् ७४.३ प्रतिशत नागरिकले कम्तिमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभरि अहिलेसम्म ३ करोड ८१ लाख ९८ हजार ४२० मात्रा खोप लगाइएको छ। जसअन्तर्गत् १ करोड ८५ लाख ६४ हजार २३३ जनाले एक मात्रा, एक करोड ८१ लाख ५१ हजार ३६५ जनालाई पूर्ण मात्रा खोप लगाइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १४ लाख ७६ हजार ८२२ मात्रा अतिरिक्त खोप लगाइएको छ।

मंगलबारमात्रै २ लाख ३ हजार ६२५ मात्रा खोप लगाइएको छ। अहिलेसम्म ४ करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप नेपाललाई प्राप्त भएको छ।

जसमध्ये ३ करोड ८१ लाख ९८ हजार ४२० मात्रा खोप लगाइएको छ। यसरी हेर्दा ९६ लाख ८४ हजार ३८० मात्रा खोप मौज्दातकारुपमा रहेको देखिन्छ।

स्वास्थ्य मन्त्रालयले १ करोड ९९ लाख २२ हजार १६४ नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ। जसअन्तर्गत् पहिलो मात्रा १ करोड ८३ लाख ४३ हजार ७२१ जना र १ करोड ५९ लाख ४३ हजार १९७ नागरिकले पूर्णमात्रा खोप लगाएका छन्।

नेपालमा हालः कोभिसिल्ड, भेरोसेल, एष्ट्राजेनेका,फाइजर, जोन्सन एण्ड जोन्सन खोप उपयोगमा छ। खोप आउने क्रम जारी रहेको सरकारले बताएको छ।

केही दिनयता कोरोना संक्रमणदर घटेको छ। संक्रमितको संख्या ओरालो लाग्दै गएपछि सरकारले स्मार्ट लकडाउन पनि हटाएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले संक्रमणदर घटेपनि जोखिम कायम रहेको बताइन्। उनले भनिन्, मास्कको समूचित प्रयोग, भौतिक दूरी र सरसफाईमा विशेष ध्यान दिनुपर्छ। संक्रमणदर ओरालो लागे पनि जोखिम अहिले पनि छ।’ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here