नेपालमा संक्रमण र मृत्युदर उकालो लाग्यो

९४८३ जनामा संक्रमण पुष्टि, २२५ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार ५सय ९६ जनाको पिसिआर परीक्षणमा र ७  सय २० जनाको एन्टिजेन गरी २१ हजार ३सय १६ जनाको परीक्षण गर्दा ९ हजार ४सय ८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

frontline

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । क्वारेन्टाइनमा ४सय ४ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ८४ र भेन्टीलेटरमा २सय ९० जना उपचाररत छन् ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २सय २५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो संगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार ५ हजार २सय २५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । यो दर कुल संक्रमितको ७५ दशमलव ५ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here