नेपालमा मंकीपक्सको जोखिम न्यूनीकरणमा जोड दिइरहेका छौं : विश्व स्वास्थ्य संगठन

२० साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन नेपालले मंकीपक्सको अवस्थालाई नियालिरहेको बताउँदै जोखिम न्यूनीकरणमा जोड दिइरहेको बताएको छ । 

काठमाडौंमा शुक्रबार विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य पत्रकार मञ्च नेपालले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश संभाजीराव पाण्डवले नेपालमा हालसम्म मंकीपक्स नदेखिए पनि रोकथाम तथा नियन्त्रणका लागि निरन्तर काम भइरहेको बताए । 

frontline

उनले भने,‘विभिन्न जिल्लामा यसका फोकल पर्सनहरु छन् उनीहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । गत हप्तामात्र हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंकीपक्सको परीक्षणका लागि किट पनि उपलब्ध गराएका छौं । उनले कोभिड संक्रमण बढ्दै गएकाले छुटेकालाई बुस्टर डोज दिनुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनका मेडिकल अफिसर डा विनोद बुराले खोपको प्रभावकारिताबारेमा बोल्दै समय–समयमा भाइरस उत्परिवर्तित भइराख्ने हुनाले खोपको आवश्यकता रहेको बताए ।

उनले भने–‘भाइरस म्युटेट भइरहेको हुन्छ । खोप लगाएन भने संक्रमण रोकिँदैन । विभिन्न तथ्यांकले पनि खोप नलगाएका नै बढी मृत्यु भएको पाइएको छ ।’

त्यसैगरी ईपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा खगेश्वर गेलालले नेपालमा हालसम्म शंकास्पद चार जनाको मंकीपक्सको परीक्षण गरिँदा नेगेटिभ आएको बताए ।

भारतमा मंकीपक्स पुष्टि भएर एकको मृत्यु भएपछि नेपालमा पनि सतर्कता अपनाएको बताउँदै उनले र्‍यापिड एक्सन प्लान बनिरहेको जनाए । साथै सीमानाकामा पनि निगरानी बढाएको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here