नेपालमा पहिलोपटक ‘पेट्रोनास स्प्रिन्टा-चाय पकौडा ब्रेकफास्ट राइड

काठमाडौं । नेपालमा पहिलो पटक पेट्रोनास स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट राइड सम्पन्न भएको
छ । शनिबार आयोजित राइडमा २ सय भन्दा बढी दुई पाँग्रे बाइक तथा स्कुटर सहभागी भए ।
पेट्रोनासको लागि नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङ प्रालिको शोरुम कलंकी
ढुंगेअड्डाबाट सुरु भएको राइड धुलिखेलस्थित मिराबल रिसोर्टसम्म भएको थियो । बतास
अर्गनाइजेसनका प्रवन्ध निर्देशक शान्तराज बतास र त्रिथुंगाका प्रवन्ध निर्देशक शिशीर सुवेदीले
राइडको उद्घाटन गरेका हुन् ।
राइडमा नेपालसँगै भारतका राइडरहरु पनि सहभागी थिए । बतास समूह अन्तर्गत त्रिथुङ्गा
ट्रेडिङ प्रा.लि र पेट्रोनास ल्युब्रिकेन्ट इन्डिया प्रा.लि.को संयुक्त आयोजनामा तथा इण्डिया बाइक
वीक (आईबीडब्ल्यू) र काठमाण्डौं लेजेन्डको संयुक्त सहकार्यमा राइड सम्पन्न भएको त्रिथुंगा ट्रेडिङ
प्रालिका बिजनेश हेड श्याम पाण्डेले जानकारी दिए । ‘नेपालमा यस प्रकारको राइड पहिलो पटक
भएको हो,’ उनले भने । भारतमा वर्षेनी राइड हुँदै आइरहेको छ । नेपालमा आयोजित पेट्रोनास
स्प्रिनटा–चाय पकौडा ब्रेकफास्ट राइडमा धेरै राइडरहरुको आकर्षण देखिएको पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै बतास अर्गनाइजेसनका प्रवन्ध दिर्नेशक शान्तराज बतासले राइडमा धेरैको
आकर्षण देखिएको बताउँदै राइडमा सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
त्रिथुंगाका प्रवन्ध निर्देशक शिशीर सुवेदीले त्रिथुंगाले नेपाली बजारमा पेट्रोनास ब्राण्डको
प्रिमियम लुब्रिकेन्ट्स बिक्री वितरण गरिरहेको बताए ।
विभिन्न क्षेत्रका राइडरहरुलाई एकै ठाउँमा भेला गराई मित्रता बढाउन कार्यक्रम प्रभावकारी
भएको आयोजकको विश्वास छ ।
पेट्रोनास, ग्लोबल फट्र्युन ५०० अन्तर्गतको बहुप्रतिष्ठित कम्पनी हो । यसले प्राकृतिक ग्याँस साथै
पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री बितरण गर्दै आएको छ । पेट्रोनास ल्युब्रिकेन्टले २ पांग्रे,
३ पांग्रे, ४ पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने ल्युब्रिकेन्ट आयल
उत्पादन गरी बिक्री बितरण गर्दै आएको छ । २ पांग्रेमा प्रयोग हुने इन्जिन आयललाई पेट्रोनास
स्प्रिन्टा नामबाट ब्राण्डिङ गरिएको छ । ४ पांग्रेमा प्रयोग हुनेलाई पेट्रोनास सिनिटम नामबाट
चिनिन्छ । ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनास यूरानिया भनिन्छ । हाइड्रोलिक
आयललाई हाइड्रोलिक भनिन्छ र ट्रान्समिसन आयललाई टुटेला ट्रान्समिसन नामबाट ब्राण्डिङ
गरिएको छ

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here