नेपालमा कोरोना संक्रमण स्वाट्टै घट्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमण स्वाट्टै घटेको छ । निको हुने दर वृद्धि भए पनि मृत्यु भने स्थिर रहेको छ ।

गत २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको हो ।

frontline

नयाँ भेरियन्टसहितको संक्रमण सुरु भएपछि यो सबैभन्दा कम परीक्षण र संक्रमण हो ।

गत २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । निको हुने दर ७८.६ प्रतिशत पुगेको छ ।

गत २४ घण्टामा १ सय १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here