नेपालगन्जमा खोप नलगाएका कोरोना सक्रमितको मृत्यु
१७ माघ, नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा नेपालगन्जमा उपचारको क्रममा कोरोना सक्रमितको मृत्यु भएको छ ।
रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार माघ १५ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई १६ गते भर्ना गरिएको थियो । उनको सोमबार मृत्यु भएको हो ।
उनले कोरोना भाइरस विरुद्धको कुनै खोप लगाएका थिएनन् । यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ४१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्