नेपालगञ्जमा करेन्ट लागेर बाबु छोराको मृत्यु

४ भदौ, नेपालगञ्ज ।  नेपालगञ्जमा करेन्ट लागेर शनिबार बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। 

अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको हो।

frontline

करेन्ट लागेर उनीहरु गम्भीर घाइते भएका थिए। उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here