नेपालको लगातार दोस्रो जित

नेपालले एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।

मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको हो। यसअघि नेपालले गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो।

frontline

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२९ रन मात्रै बनायो।

बरोडाका लागि भानु पनियाले सर्वाधिक ३८ रन बनाए। बाबा खान २७, विष्णु सोलाङ्की २५ र अमित पासी १४ रनमा आउट भए।

अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। नेपाल करण केसीले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामीले २ विकेट लिँदा गुल्शनकुमार झा र दीपेन्द्रसिंह ऐरीको नाममा १/१ विकेट रह्यो।

त्यसअघि वापीमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

नेपालका लागि कुशल मल्लले अविजित रहँदै सर्वाधिक ४० रन बनाए। सन्दीप जोरा २९, कप्तान रोहितकुमार पौडेल १८ र गुल्शनकुमार झा १३ रन बनाएर आउट भए।

बरोडाका लागि बाबा खानले २ विकेट लिए। परिक्सित पाटिदार र मोहित मोन्गाइले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here