नेपालको परम्परागत तथा भौतिक गहनाहरुलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने: गृहमन्त्री खाँण

काठमाडौँ –गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्नेबताएका छन् ।

बुधबार गृह मन्त्रालयमा नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ तथा सुन चाँदी व्यापारी प्रतिनिधिहरु सँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा भौतिक गहनाहरुलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताएका छन् ।

frontline


नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नुपरेको भएपनि आयात गरिएको सुनबाट नेपालको भौतिक गहना निर्माण गरी अन्तराष्ट्रिय बजारमा लैजानुपर्ने उनको तर्क थियो ।

नेपाली पूर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाई विदेशी मुलुकमा पठाउन तर्फ ध्यान दिन उनले व्यवसायीहरुलाई आग्रह गरे ।

गहना निर्यातले नेपालीको अन्तराष्ट्रिय महत्व बढ्न सक्ने उनले उल्लेख गरे ।

गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाे रोजगारी बढ्ने पनि चर्चा गरे । ‘नेपाली कालीगढहरुलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो । नेपाली गहनाले अन्तराष्ट्रिय बजार पायो भने पनि त्यसले मदत पु¥याउँछ , उनले भने, विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ । त्यतापट्टि पनि ध्यान दिनुस् । विधि अनुकुल तपाईहरु अगाडी बढ्नुस् ।


उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here