नेपालको अवस्था भयावह ः डब्ल्यूएचओ
फ्रन्टलाइन कोभिड । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।
डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताए ।
नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु आउने निर्देशक गेब्रियसले बताए ।
प्रतिक्रिया दिनुहोस्