नेपालका ११ उपमहागरपालिकामा बढे मतदाता

१६ चैत, काठमाडौं । नेपालका ११ वटै उपमहागरपालिकामा मतदाता बढेका छन् । २०७४ सालको तुलनामा २०७९ सालको स्थानीय चुनावमा मतदाता बढेका हुन् ।

निर्वाचन आयोगको विवरण अनुसार ११ वटा उपमहागरपालिकामध्ये सबैभन्दा धेरै दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार पाँच सय मतदाता बढेका छन् ।

frontline

लुम्बिनी प्रदेशको घोराहीमा २०७४ मा ३७ हजार ७८७ पुरुष र ४० हजार ६४० महिला गरी कूल ७८ हजार ४२७ मतदाता थिए । अहिले बढेर पुरुष ५४ हजार २२१ र महिला ५८ हजार ७०६ गरी जम्मा एक लाख १२ हजार ९२७ पुगेको छ ।

दाङकै तुलसीपुर उपमहागरपालिकामा ३० हजार ७८४ मतदाता बढेका छन् । २०७४ सालमा पुरुष ३७ हजार ५३९ र महिला ३९ हजार ३५३ गरी ७६ हजार ८९३ मतदाता थिए ।

२०७९ मा आइपुग्दा पुरुष ५२ हजार १३३ र महिला ५५ हजार ५४३ गरी एक लाख सात हजार ६७७ पुगेको छ ।
लुम्बिनी प्रदेशकै रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा २३ हजार ४०२ जना मतदाता बढेका छन् ।

निर्वाचन आयोगका बुटवलमा २०७४ सालमा पुरुष ३१ हजार ७५० र महिला ३४ हजार ९११ गरी ६६ हजार ६६३ मतदाता थिए । अहिले पुरुष ४२ हजार ६७९ र महिला ४७ हजार ३८३ गरी ९० हजार ६५ जना मतदाता पुगेका छन् ।

बाँकेको नेपालगञ्जमा १९ हजार ३९७ ले मतदाता संख्या बढेको छ । निर्वाचन आयोगका अनुसार २०७४ सालमा पुरुष ३३ हजार ३७६ र महिला २९ हजार २१ गरी ६२ हजार ३९७ मतदाता थिए ।

यसपटक नेपालगञ्जबाट पुरुष ४३ हजार १११ र महिला ३८ हजार ६७९ गरी जम्मा ८१ हजार ७९४ जना मतदाताले मतदान गर्न पाउँछन ।

प्रदेश १ को सुनसरीको इटहरी उपमहानगरपालिकामा पाँच वर्षको अवधिमा २६ ९२९ मतदाता बढेका छन् ।

२०७४ सालमा पुरुष ३६ हजार ७५७ र महिला ४० हजार ९४० गरी कूल ७७ हजार ६९७ मतदाता रहेकोमा अहिले बढेर पुरुष ४९ हजार ९२५ र महिला ५४ हजार ७०० गरी एक लाख चार हजार ६२६ पुगेको छ ।

सुनसरीकै धरान उपमहानगरपालिकामा २१ हजार ३४ जना मतदाता बढेका छन् ।२०७४ सालमा पुरुष ३७ हजार १४२ र महिला ४२ हजार १४८ गरी ७९ हजार २९० मतदाता रहेकोमा हाल बढेर पुरुष ४७ हजार ४०८ र महिला ५२ हजार ९१६ गरी एक लाख ३२४ पुगेको छ ।

बागमति प्रदेशको हेटौंडा उपमहागरपालिका २० हजार ८३४ मतदाता बढेका छन् । पाँच वर्ष अघि पुरुष ४० हजार २१२ र महिला ४३ हजार ४२५ गरी ८३ हजार ६३९ मतदाता रहेकोमा अहिले बढेर पुरुष ५० हजार ७२५ र महिला ५३ हजार ७४५ गरी एक लाख चार हजार ४७३ पुगेको छ ।

सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो – धनगढी । जहाँ पाँच वर्षको अवधिमा १६ हजार ७२१ मतदाता बढेका छन् ।

२०७४ सालमा पुरुष ३७ हजार ८६६ र महिला ३८ हजार ५६१ गरी जम्मा ७६ हजार ४३० मतदाता रहेकोमा अहिले बढेर पुरुष ४५ हजार ९२४ र महिला ४७ हजार २२४ गरी कूल मतदाता संख्या ९३ हजार १५१ पुगेको छ ।

यसैगरी, मधेश प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिका १३ हजार ८६६ जना मतदाता बढेका छन् ।

पाँच वर्षअघि पुरुष ३२ हजार ०९० र महिला २४ हजार ३९९ गरी ५६ हजार ४९० रहेकोमा अहिले बढेर पुरुष ३९ हजार ६६२ र महिला ३० हजार ६९३ गरी ७० हजार ३५६ पुगेको छ ।

बाराकै जितपुर–सिमरा उपमहागरपालिकामा १३ हजार ४०४ र धनुषाको जनकपुरधाम उपमहागरपालिकामा ११ हजार १७५ जना मतदाता बढेका छन् ।

पाँच वर्षअघि जितपुर–सिमरामा पुरुष २९ हजार ९२७ र महिला २६ हजार ७३३ गरी ५६ हजार ६६० मतदाता थिए । अहिले बढेर पुरुष ३६ हजार ९६२ र महिला ३३ हजार १०२ गरी ७० हजार ६४ पुगेको छ ।

मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिका २०७४ सालमा पुरुष ४० हजार ७४० र महिला ३४ हजार ८५१ गरी ७५ हजार ५९४ जना मतदाता थिए । अहिले बढेर पुरुष ४७ हजार ५०८ र महिला ३९ हजार २५८ गरी ८६ हजार ७६९ जना मतदाता पुगेका छन् ।

क्र.सउपमहानगर२०७४२०७९बढेको संख्या
१.इटहरीपुरुष : ३६७५७महिला : ४०९४०जम्मा : ७७६९७ पुरुष : ४९९२५महिला : ५४७००जम्मा : १०४६२६२६,९२९
२.धरान  पुरुष: ३७१४२महिला : ४२१४८जम्मा : ७९२९० पुरुष : ४७४०८महिला: ५२९१६जम्मा : १००३२४ २१,०३४ 
३.जनकपुरधाम पुरुष : ४०७४०महिला : ३४८५१जम्मा : ७५५९४ पुरुष : ४७५०८महिला : ३९२५८जम्मा :८६७६९ ११,१७५
४.जितपुर– सिमरा  पुरुष : २९९२७महिला :२६७३३जम्मा : ५६६६० पुरुष : ३६९६२महिला : ३३१०२जम्मा : ७००६४ १३,४०४ 
५.कलैया पुरुष : ३२०९०महिला : २४३९९जम्मा : ५६४९० पुरुष : ३९६६२महिला : ३०६९३जम्मा : ७०३५६ १३,८६६ 
६.हेटौँडा  पुरुष : ४०२१२महिला : ४३४२५जम्मा : ८३६३९ पुरुष :५०७२५महिला : ५३७४५जम्मा : १०४४७३ २०,८३४ 
७.बुटवल  पुरुष : ३१७५०महिला : ३४९११जम्मा : ६६६६३ पुरुष : ४२६७९महिला : ४७३८३जम्मा : ९००६५ २३,४०२ 
८.घोराही   पुरुष : ३७७८७महिला : ४०६४०जम्मा : ७८४२७ पुरुष : ५४२२१महिला : ५८७०६जम्मा : ११२९२७ ३४,५०० 
९.तुल्सीपुर पुरुष : ३७५३९महिला : ३९३५३जम्मा :७६८९३ पुरुष : ५२१३३महिला : ५५५४३जम्मा : १०७६७७ ३०,७८४ 
१०.नेपालगञ्ज पुरुष :३३३७६महिला : २९०२१जम्मा : ६२३९७ पुरुष : ४३१११महिला : ३८६७९जम्मा :८१७९४ १९,३९७ 
११.धनगढीपुरुष : ३७८६६महिला : ३८५६१जम्मा : ७६४३० पुरुष : ४५९२४महिला: ४७२२४जम्मा : ९३१५१ १६,७२१ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here