नेकपा खोटाङ, अध्यक्ष र कार्यालय टीम टुंगो लागेको-दिप नारायण रिजाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (ओली समुह)को खोटाङको अध्यक्ष र कार्यालय टीम टुंगो लागेको छ । जिल्ला समन्वय समितिको हलमा शनिबार र आइतबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले राम प्रसाद दंगाललाई अध्यक्ष र थप ५ जनालाई कार्यालयको जिम्मेवारी दिएको हो।
कार्यालयको जिम्मेवारी पाउनेहरूमा क्रमश: दिप नारायण रिजाल, सुरेन्द्र कुमार राई, गृहबहादुर राई, चर्चबहादुर विस्वकर्मा र विणादेवि राई छन् । अध्यक्ष बनेका दंगाल नेकपाको अनौपचारिक विभाजन अघि जिल्ला कमिटी सचिव थिए भने जिल्ला अध्यक्ष देवान किराती ‘पृथ्वी’ दाहाल नेपाल समूहमा खुलेका छन् ।

दुई दिन लामो बैठकका निर्णय हरू सार्वजनिक गर्न नेकपा (ओली समुह) आज जिल्ला समन्वय समितिको बैठक हलमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराईसहित केही नेताहरूको उपस्थिति रहेको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here