नेकपा एसको पदाधिकारी टुङ्गियो, को-को कुन पदमा भए निर्वाचित ?

नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष, उमहासचिव र सचिवसहित १७ जना पदाधिकारीको टुङ्गो लगाएको छ। यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।

मङ्गलवार भएको निर्वाचनको बुधबार बिहान सम्पन्न मतगणना अनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन्। राईले १८९ मत प्राप्त गर्दा झाँक्रीले ११२ मत प्राप्त गरेकी छिन्।

frontline

यस्तै उपाध्यक्ष ९मधेसी समुदाय० मा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्षमा डा।गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्।

यसैगरी उपमहासचिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन्।

दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यस्तै वरिष्ठ उपाध्यक्षमा मङ्गलवार नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here