नेकपा एमाले बागमती प्रदेश कमिटिद्वारा मेयर उम्मेदवारमा ३ जनाको नाम सिफारिस
७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि नेकपा एमाले बागमती प्रदेश कमिटिले इन्दिरा पन्त, बिध्या सुन्दर शाक्य र केशब स्थापितको नाम केन्द्रिय कमिटीमा सिफारिस गरेको छ ।
महानगर कमिटिले ५ जनाको नाम सिफारिस गरेको भएपनी जिल्ला र प्रदेश कमिटिले ३ जनाको नाम केन्द्रमा पठाएको हो ।
सिफारिस गरिएका मध्य केशब स्थापित र बिध्या सुन्दर शाक्य दुबै काठमाडौं महानगर पालिकाको मेयर भएसकेको ब्यक्ती हुन भने इन्दिरा पन्त सो पदका लागि नयाँ अनुहार र महिला तर्फ बाट पनि भएकोले एसपाली टिकेट पाउने सम्भाबना बढी रहेको प्रदेश कमिटिका केही नेताको भनाइ रहेको छ ।
बिपक्षी तहहरुबाट स्वतन्त्र तर्फ पनि महिला उमेद्वारहरु आकांक्षी रहेको यस स्थानीय तह निर्वाचनमा इन्दिरा पन्तको उमेद्वार सिफारिस भए प्रतिस्पर्धा कडा हुने आकलन गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्