नेकपा एमाले काठमाडौं क्षेत्र नं. ९ को प्रतिवद्धता पत्र सार्वजनिक

२२ कात्तिक, काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नं. ९ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवारले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार गर्न र नेकपा एमालेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जारी गरिएको घोषणा पत्र लाई मध्यनजर राख्दै ६ बुँदे प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ ।

नेकपा (एमाले)को तर्फकाट प्रतिनिधिसभामा पुर्वमन्त्री एवं निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ९ (क)का हरिकृष्ण डंगोल र प्रदेश (ख)मा केशवप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन् ।

frontline

भौतिक निर्माणमा काठमाडौ क्षेत्र न. ९का सडकहरु कलंकी–ध्याम्पेडोल–नागढुंगा सडक, कलंकी–भीमढुंगा–धादिङ्ग सडक, फस्कूचोक–नर्सरी भन्ज्याङ्ग–स्युचाटार नर्सरी सडक, नर्सरी भन्ज्याङ्ग–स्वीजरल्याण्डपार्क सडक, तीनथाना–मच्छेगाउँ सडक लगायतका रणनीतिक सडकहरुको विस्तार तथा स्तरोन्नति गरिने ।

नेपालकै पहिलो राष्ट्रिय गौरवको आयोजना काठमाडौं दहचोक–सिक्रेखोला धादिङ्ग सुरुगमार्ग निर्माणमा सरोकारवाल निकाय संग समन्वयकारी भूमिका निर्वाहा गर्ने । नागार्जुन वडा नं ६ र ८ मा झोलुङ्गे पुलको डिपिआर अनुसारको कार्य सम्पन्न गरि पुल निर्माण गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

आर्थिक सामाजिकअन्तर्गतफुटपाथ तथा अव्यवस्थित बजारहरुलाई व्यवस्थापन गरि वैकल्पिक बजार प्रर्बद्धन तथा संचालनका लागि स्थान उपलब्ध गराउने ।

दहचोक कालु पाण्डे समाधि–कंकाली–नर्सरी–थाप्ले हुँदै सेतो गुम्बासम्मको मझौंला पदयात्रा मार्ग र सो मार्गमा आवश्यक पर्यटकीय पूर्वाधार सञ्चालनका लागि युवालाई उत्प्रेरित गर्ने नीति लिइएको छ ।

छिमेकी जिल्ला धादिङ्गका ग्रामीण क्षेत्रका उत्पादन मुख्य शहरी क्षेत्रमा उपभोगका लागि गाउँ–शहर सम्बन्ध केन्द्रको व्यवस्था गरिने । वैदेशिक रोजागारीबाट फर्केका जनशक्तिलाई अत्याधुनिक कृषि परियोजनामा संलग्न गराउन युवा कृषि उद्यमी अनुदानको व्यवस्था गर्ने, परम्परागत कपडा बुन्ने हातेतानको उत्पादनको बजार व्यवस्था गरी वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

सांस्कृतिक संरक्षणअन्तर्गत ऐतिहासिक बलम्बु गाउँलाई सम्पदाबस्ती, काठमाडौं महानगरका १२, २१ र २२ वडाहरुलाई सम्पदाको नगरको रुपमा विकास गरिने , चन्द्रागिरि र नागार्जुन नगरमा एक÷एकवटा नमुना काँठे गाउँको निर्माण गरी होमस्टे सञ्चालन गर्ने, नेवाः सभ्यता, जात्रापर्व, दाफा बाजां खल, गुथि, भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याइने, पोखरी, फल्चा, मठमन्दिर, पीठ र घाटहरुको अध्ययन, संरक्षण, जिर्णोद्वार, पुनर्निमाण तथा प्रबर्दधन गर्ने, नेपालकै महत्वपर्ण धार्मिक, सांस्कृतिक एवम् राष्ट्रिय सम्पदाका दृष्टिले महत्वपर्ण मठमन्दिर, बहाल, चैत्य र पीठहरूको परिचय पुस्तिका तथा अडियो भिडिओ सामाग्री तयार पारी पर्यटकीय आकर्षणको अभिवृद्धि गरिने उल्लेख छ ।

निर्वाचन क्षेत्रमा दुई खेलकूद स्थल निर्माणाधीन नैकाप फुटवल मैदानको स्तरोन्नति तथा हसन्टार फुटवल÷क्रिकेट मैदान निर्माण कार्यलाई अगाडि बढाइने उल्लेख छ ।

त्यस्तै असहाय, सन्तानविहीन ज्येष्ठ नागरिकहरुलाई राख्न सुविधा सम्पन्न “बा–आमा हाम्रो घर” स्थापना गर्ने, कालु पाण्डे समाधिस्थल, भिराडिल पार्कजस्ता ऐतिहासिक तथा प्राकृतिक महत्वका निर्माणाधीन स्थलहरुको स्तरोन्नयन, संरक्षण तथा सम्वद्र्धन गर्ने नीति लिइने प्रतिवद्धतामा सकल्प गरिएको छ ।

विपद् व्यस्थापनको लागि कोरोना, डेंगू, हैजा जस्ता महामारी रोग नियन्त्रण तथा उपचारका एवम भूकम्प लगात प्रकृतिक विपद्को लागि एक स्रोत साधन सम्पन्न उपचार तथा विपद् व्यवस्थापन केन्द्रको स्थापना गरिने प्रतिवद्धता पत्रमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here