नीलकण्ठ युशुहारा टाउन जापान वीच सम्झौता

धादिङको नीलकण्ठ नगरपालिकाको कृषि पेशालाई यान्त्रिकरण र आधुनिकीकरण गर्न सम्झौता गरेको छ । नगरपालिका नगरप्रमुख भिमप्रसाद ढुङ्गाना र जापानको युशुहारा टाउनमा नगरप्रमुख हिसातो योशिदाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।


सम्झौता पत्रको अनुसार नीलकण्ठको कृषि पेशालाई यान्त्रिकरण र आधुनिकीकरण गर्ने, कृषकहरुको क्षमता अभिबृद्धी गर्ने, शिक्षामा गुणस्तर बनाउने, साथै शिक्षक र विद्यार्थीहरुलाई सिकाई आदान प्रदान गर्नको लागि जापानमा जाने व्यवस्था गर्दै, नीलकण्ठको विकास निर्माणको लागि युशुहारा सिटीले सहयोग गर्ने जनाइएको छ । 

frontline

 यस्तै नीलकण्ठको पर्यटन प्रवद्र्धन गर्नको लागि सहयोग गर्ने, नीलकण्ठ नगरबासीको क्षमता अभिबृद्धी गर्नको लागि नगरबासीहरुलाई केहि समयको लागि जापानमै सिक्नको लागि पठाईने, यसको लागि भाषाको व्यवस्था गर्ने, नीलकण्ठको विकासको लागि जापानको जाईका परियोजना मार्फत सहयोग गर्नको लागि परियोजना निमार्ण गर्ने, नीलकण्ठ नगरपालिकाबाट युशुहारा जानको लागि सबै खर्च व्यवस्थापनको लागि युशुहारा सिटीले त्यहाँको सरकारसँग आग्रह गर्ने लगायत १० बुँदे सहमति पत्रमा उल्लेख छ ।

द्धिपक्षीय संझौता हस्ताक्षर पछि सम्बोधन गर्दै नगर प्रमुख भीमप्रसाद ढुंगानाले भगिनी सम्बन्ध स्थापित भएपछि अब कार्यन्वयनको पक्षमा गएको बताए । यहि संझौता हस्ताक्षर गर्न जापान देखि आएका युशुहारा सिटीका मेयर हिसातो योशिदाले कोरोनाको कारण काम हुन नसकेको भन्दै अब नीलकण्ठको विकासको लागि युशुहारा सिटीले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here