निवर्तमान प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दैछन् ।
उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन् । बालुवाटारबाट उनी निजी निवास बालकोट जानेछन् ।




एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले बताएका छन् ।
त्यसका लागि बालुवाटारमा भेला हुन बस्नेतले एमाले युवा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।
देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।
प्रतिक्रिया दिनुहोस्