निलम्बित माननीय गुण्डा शैलीमा,माओवादी लखेट्ने मुडमा

गुण्डा पृष्ठभूमिबाट राजनीतिमा छिरेका निलम्बित सांसद मोहनबहादुर बस्नेतले एउटा कार्यक्रम उद्घाटन गर्न गुण्डाकै सहारा लिएका छन् । भ्रष्टाचार काण्डमा मुछिएका उनी आज एक हुल चुल्ठेमुन्द्रेलाई लिएर तामझामसहित खानेपानी आयोजना उद्धघाटन गर्न सिन्धुपाल्चोक पुगेका हुन् । 

टेरामक्स उपकरण खरिद प्रकृयामा घोटाला गरेको आरोपसहित अख्तियारद्वारा अदालतमा मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद पनि निलम्बनमा छ । भ्रष्टाचारको आरोपमा निलम्बित सांसदलाई प्रमुख अतिथि नबनाउन लिसंखुपाखर गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै  वडाअध्यक्ष एवम् स्थानीयलाई सहभागी नहुन उर्दी जारी पनि गर्‍यो । तर वडा अध्यक्ष काँग्रेसी भएका कारण उनलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम तय भयो ।

frontline

सोहीअनुसार कार्यक्रममा सहभागी हुन पुगेका बस्नेतले लिसंखु गाउँपालिका-२ निगालेस्थित खानेपानी आयोजनाको उद्घाटन गरे । बस्नेतलाई लखेट्ने दाउमा रहेका माओवादी कार्यकर्ता चुल्ठेमुन्द्रेको संख्या धेरै देखेपछि कालो झण्डा पनि नदेखाई कार्यक्रमस्थलबाट ब्याक भएको बताइन्छ । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटाले विरोधको कुनै गतिविधि नगरी ब्याक हुन अनुरोध गरेपछि आफूहरु फर्केको वाइसिएल सिन्धुपाल्चोकले जनाएको छ । 

भोलि सुनकोशी गाउँपालिका-२ ठोकर्पामा स्वास्थ्य चौकी भवन  उद्घाटनका लागि पनि उनै बस्नेतलाई प्रमुख अतिथि बनाइएको छ । सुनकोशी गाउँपालिका,एमाले र माआवादीले निलम्बित सांसदद्वारा सार्वजनिक सभासमारोहमा प्रमुख अतिथि बन्न र बनाउन नहुने जिकिर गर्दै रोक्न आग्रह गरे पनि कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here