निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो
२८ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ ।
महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो
राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ ।
राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।
समितिले राणासँग भदौ १५ गतेबाट बयान लिन सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्