निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

१९ कात्तिक, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनु भएको छ ।

जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले खुला सीमाना र आन्तरिक तिक्तताले निर्वाचनमा हुनसक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशनसमेत दिनुभयो ।

frontline

निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको उहाँको भनाई थियो ।

उहाँले आचारसंहिताको सूक्ष्म कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणजस्ता कार्यलाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, गृहसचिव विनोदप्रकाश सिंह, मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत, नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा लगायतको सहभागिता थियो ।

मधेस प्रदेशस्थित आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here