निर्वाचन आचार संहिताका लागि ७९ दलका प्रतिनिधिलाई लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै
२२ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ ।
त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा बोलाइएको छ ।
निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिताबारे जानकारी गराउने र ती आचार संहिता पालना गर्नेछौं भनेर लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाइने छ ।
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्