निर्वाचनमा सुरक्षाका लागि मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइने

१० असोज, जनकपुरधाम । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइने भएको छ ।

मधेशको आठवटै जिल्लामा २३ हजार ७ सय ७१ म्यादी प्रहरी खटाइने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

frontline

जसमा सबभन्दा बढी धनुषामा ३ हजार ८ सय ८६ र सबैभन्दा कम पर्सामा २ हजार ७ जना खटाइनेछ ।

मधेश प्रदेश प्रहरी प्रवक्ता सुमनकुमार तिमिल्सिनाका अनुसार सप्तरीमा ३ हजार २ सय ७८, सिरहामा २ हजार ८ सय ९, धनुषामा ३ हजार ४ सय ८६, महोत्तरीमा २ हजार ८ सय १ म्यादी प्रहरी खटाइने तयारी गरेको छ ।

यस्तै सर्लाहीमा ३ हजार ३ सय ७, रौतहटमा २ हजार ९ सय ३९, बारामा ३ हजार १ सय ४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइने संख्या निर्धारण गरिएको छ ।

मधेश प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीको लागि खोलेको भर्नामा ६२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here