निर्वाचनका लागि सबैभन्दा धेरै काठमाडौं जिल्लामा दल दर्ता

१४ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सबैभन्दा धेरै काठमाडौं जिल्लामा दल दर्ता भएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार काठमाडौंमा राष्ट्रिय मान्यताप्राप्त ६ र मान्यता नभएका ४० दल दर्ता भएको छ। 

frontline

त्यस्तै सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा दर्ता भएको उनले बताए। प्रवक्ता पौडेलका अनुसार ती जिल्लामा ५ वटा साना दल दर्ता भएका छन्। 

त्यस्तै साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन्। प्रवक्ता पौडेलले राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरुलाई पनि उनीहरुले राखेकै चुनाव चिह्न प्रदान गर्ने बताए। 

उनले स्थानीय तहमा उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here