निर्वाचनका लागि अर्थ मन्त्रलायले १० अर्ब भित्र रहेर खर्च गर्न स्वीकृति
२४ भदौ, काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्ब भित्र रहेर खर्च गर्न स्वीकृति दिएको छ ।
अर्थ मन्त्रालयबाट १० अर्ब भित्र रहेर खर्च गर्न स्वीकृति आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आयोगले यसअघि निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ माग गरेको थियो । निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाई भइरहेको छ ।
आयोगका अनुसार हाल सातै प्रदेशका लागि मतपत्र छपाई भइरहेको छ । प्रतिनिधि सभातर्फको मतपत्र भने छपाई सुरु हुन बाँकी छ । प्रत्यक्षतर्फको मतपत्र भने उमेदवारको टुंगो लगाइसके पछि मात्रै छापिने आयोगले जनाएको छ ।
अर्यालका अनुसार प्रत्यक्ष र समानुपातिक गरी कूल ८ अर्ब मतपत्र छापिने छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्